
वैशाख २१, दैलेख
स्थानीय तहको निर्वाचनमा बदर मतको संख्या कम गर्ने अभियान अन्तर्गत दैलेखको डुङ्गेश्वर गाउँपालिकाको वडा नं. १ चुप्रा बजारमा नमुना मदतान सम्पन्न भएको छ ।
उपस्थित नागरिकहरुलाई मतदाता शिक्षा सँगै नमूना मतदान गर्न लगाइएको हो । जिल्ला निर्वाचन कार्यालय दैलेखले नमुना मतदान गराएको थियो । मतदान सँगै मत गणना कसरी गर्ने भन्ने बिषयमा पनि निर्वाचन कार्यालयले जानकारी दिएको छ ।
जिल्ला निर्वाचन कार्यालय दैलेखका कार्याल प्रमुख मनमाय काउचाले बदर मतको संख्या घटाउन दैलेखका बिभिन्न पालिकामा नमुना मतदान गरिने जानकारी दिइन ।
मतदानमा भाग लिएका स्थानीयहरुले निकै सहज भएको बताएका छन् ।
नमुना मतदानमा कुल ४४ मत खसेको मध्ये ४ मत बदर भएका थिए ।










